मोरङ: मोरङको जहदा गाउँपालिका ३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा दुवै जना पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा रिक्कीको पोखरीमा नै मृत्यु भएको थियो भने दिनेशलाई स्थानीयले उद्दार गरेर उपचारको लागी कोशी अस्पताल बिराटनगर पुर्याएका थिए । तर, उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।