धरान: प्रहरीले धरानसहित सुनसरीको विभिन्न स्थान र झापाको दमकबाटसमेत गरि लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो शुक्रबार धरान ७ मा डेरा गरी बस्ने ४४ बर्षीय किसन श्रेष्ठ लागुऔषधसहित पक्राउ परेका छन् । उनलाइ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राती सवा ८ बजे पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्दा ६ बोतल डाईलेक्स जि.सि., ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपान, १ थान हतियार र नगद १ लाख ९२ हजार रुपैया समेत बरामद भएको थियो ।
यसैगरि, सुनसरीको देवानगंज ३ पाचौ सिमरबाट लागुऔषध गाँजासहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगंज ३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् । हिजो दिउँसो १ बजे को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा आटोमा लुकाई राखीएको १८ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चालक सरदारसहित अटो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको दमकमा डेरा गरी बस्दै आएका ३ जना ब्राउनसुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना युवती पनि छिन् । प्रहरीका अनुसार दमक ९ का ३२ बर्षीय रबिन कुँवर, ईलाम घई भई दमक ५ मा बस्ने १९ बर्षीया मनिषा राई र ताप्लेजुङ घर भई दमक ८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन् ।
विशेष सुराकको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो राती १० बजे उनिहरुलाई कोठाबाट १७ ग्राम बाउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाचै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।