विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुको अनुगमन गरेका छन् ।
उनले योजनाको अनुगमन गर्दै जनताका समस्याबारे घरदैलोमा पुगी जानकारी समेत लिएका छन् । मन्त्री घिमिरेले शनिबार निर्माण सम्पन्न भएका र निर्माणाधिन एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका हुन् । मोरंग निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित वजेटबाट निर्माणाधिन र सम्पन्न भएका योजनाको अनुगमन गरिएको हो ।
क्षेत्र नं. ४ (ख) अन्र्तगत विराटनगरमा ८ का योजनाहरु आरके चिल्ड्रेन अगाडिको सडकका लागि ५२ लाख, जयनेपाल मार्ग कालिका मार्गका लागि २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनाका लागि १ करोड, समाता मार्गका लागि २० लाख, निर्मल जल मार्गका लागि १० लाख, छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीका लागि १० लाख बजेट विनियोजना भएको छ । यस्तै, बलुवाही सामुदायिक भवनका लागि १० लाख, ज्ञानकुन्ज स्कुल बलुवाहीको शौचालय निर्माणका लागि ५ लाख, अमर सेवा समितिको सामुदायिक भवन निर्माणका लागि ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणका लागि ५ लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकका लागि १० लाख, बालगोपाल टोल मिलन मार्गका लागि १० लाख र विराटेश्वर बृद्धाश्रमका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ ।
मन्त्री घिमिरेले विराटनगर ८ का योजनका साथै स्थानीय बासीन्दाहरुसँग पनि योजनका बारेमा छलफल गरेका थिए । स्थानीयहरुले मन्त्री घिमिरेलाई विराटनगर ८ का समस्याहरु बारे पनि जानकारी गराएका थिए । मन्त्री घिमिरेले विराटनगर ८ मा जनता आवास कार्यक्रम अन्र्तगत निर्माण भईरहेको सुशील सहनीको घरको पनि अनुगमन गरेका थिए ।