धरान: धरान जेसिजले एक दिने प्रभावकारी उद्घोषण कला तालिम सम्पन्न गरेको छ ।
धरान १२ चतरालाइनस्थित होटल स्टार पुर्वीमा शनिबार आयोजित तालिममा २६ जना सहभागी रहेको आयोजक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र निरौलाका अनुसार जेसिजका पदाधिकारी, सदस्य र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलार्य तामिल दिइएको हो । तालिमका प्रमुख प्रशिक्षक धरान जेसिजका पुर्वअध्यक्ष दोर्पध्वज राई थिए भने अन्य प्रशिक्षकहरुमा अमर राई र आशिषराज यादव रहेका थिए ।
तालिम युवाहरुको क्षमता अभिवृद्धि गर्ने एवं सफल उद्घोषक बनाउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । ‘सफल उद्घोषक हुनको लागि अवाश्यक कुराहरु के के छन् भनेर विस्तृत जानकारी गराइएको थियो,’उनले भने,‘सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण गराइयो ।’ तालिममा द्घोषकले गर्न हुने र गर्न नहुने कुराहरु, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुरा, उद्घोषणका प्रकारहरु, कार्यक्रम तालिका बनाउने तरिकालगायतको सैद्धान्तिक ज्ञान र प्रयोगात्मक प्रशिक्षण गराइएको आयोजक संस्थाले जनाएको छ ।
कोभिड १९ को महामारी भएको कारणले तालिममा सहभागी सम्पुर्णलाई मास्कसहित सेनिटाइजर लगाएर मात्र हलभित्र प्रवेश गराइएको थियो भने तापक्रमसमेत मापन गरेर मात्र प्रशिक्षणमा सहभागी गराइएको अध्यक्ष निरौलाले जानकारी दिए । अध्यक्ष निरौला सभापति रहेको तालिममा प्रमख अतिथि एवं धरान जेसिजका पुर्वअधयक्ष राजेश अग्रवाल रहेका थिए । यस्तै, स्वागत मन्तव्य निवर्तमान अध्यक्ष मनिष शाहीले गरेका थिए भने प्रमुख प्रशिक्षक राईले पनि मन्तव्य राखेका थिए । तालिममा बिशेष उपस्थिति नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको पनि रहेको थियो ।