सप्तरी: बुधबार राती करिब ७ बजे सप्तारीको सुरुंगा नगरपालिका ४, ५ र ७ बाट प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा वरामद गरि नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको प्रहरी टोलीले तीन वटा वडाको बिभिन्न घरधुरिमा अवैध रुपमा बनाईएको ४ वटा भट्टिमा छापा मारेको थियो । त्यसक्रममा ८०० लिटर तयार मदिरा, ८५ वटा प्लास्टिकको भाँडो, ५ वटा स्टिलको भाडो (झाङ्गा) र करिब १,२३० लिटर कच्चाँ पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । ती सबैलाई सोही स्थानमा नष्ट गरिएको पनि प्रहरीले जनाएको छ ।