धरान: धरान उपमहानगरपालिकाको वाड नं ७ ले उज्यालो वडा, सुरक्षित वडा कार्यक्रम अन्र्तगत सिसिटिभी र सौर्य बत्ति जडान गरिएको छ ।

वडाको विभिन्न मुख्य चोकमा जडान गरिएको सिसिटिभीको आइतबार उपमेयर मञ्जु भण्डारी सुवेदीले गरिन् । सिसिटिभीको कन्ट्रोलरुम वडाको कार्यालयमा राखिएको छ । वडाअध्यक्ष जीवन सुवेदीका अनुसार वडाको मुख्य चोकहरुमा सिसिटिभी जडान गरिएको छ भने १८ वटा सौर्यबत्ति पनि जडान गरिएको छ । उनका अनुसार श्रीजंगा लाइनमा ८ वटा, दोभान लाइनमा ५ वटा र शुक्रपथमा ५ वटा सौर्यबत्ति जडान गरिएको छ । ‘२०७४ को चुनावमा यो वडालाई उज्यालो वडा र सुरक्षित वडा बनाउछौं भनेको थियौं । त्यो अनुसार आज सिसिटिभी उद्घाटन गरिएको हो, अपराधिक क्रियाकलाप रोक्न पनि मद्दत पुग्छ,’उनले भने ।

IMG_1654.psd

उपमेयर भण्डारीले पनि वडालाई सुरक्षित राख्नको लागि सिसिटिभीले मद्दत पुग्ने बताइन् । वडाका नागरिकहरुले पनि सुरक्षित भएको महशुस गर्ने उनको भनाई थियो । ‘उज्यालो वडा, सुरक्षित वडाको नारा थियो, त्यो पुरा हुदैछ । लागुऔषध, चोरी डकैती रोक्नलाई पनि सिसिटिभीले मद्दत गर्छ,’उनले भनिन् । वडाअध्यक्ष सुवेदीका अनुसार ७ लाख ८३ हजार लागतमा सिसिटिभी जडान गरिएको छ । तीनकुनेदेखि जिरोपोइन्टसम्मको कोशी राजमार्गअन्र्तगत वडा नं ७ मा पर्ने बुद्धमार्गमा १७ वटा सौर्य वत्ति रहेको अध्यक्ष सुवेदीले बताए । यो जनप्रतिनिधि चयन हुनअघि नै जडान गरिएको र मर्मत गर्नुपर्ने अवस्थामा पुगेकोले बजेट सहयोग गर्न पनि उपमहानगरपालिकालाई आग्रह गरे ।
तस्बिरहरु: विकास चाम्लिङ राई

IMG_1658.psd IMG_1656.psd IMG_1652.psd