धरान: धरान १२ छिमेकी लाइनस्थित खहरे खोलामा फलामे पुलको उद्घाटन गरिएको छ ।

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पुलको उद्घाटन गरेकी हुन् । छिमेकी लाइनको उत्तर तर्फको खहरे खोलामा पुल निर्माण भएको हो । पुल उद्घाटन संगै स्थानीय स्व. कुलमाया विकको तस्विरमा फुल चढाएर श्रन्दान्जली अर्पण समेत गरिएको थियो । केही समय अघि उपचारको कारण मृत्यु भएकी कुलमायाको यस स्थानमा पुल बनाउने इच्छा रहेको थियो । बिक नभए पनि उनको पुल बनाउने सपना साकार भएको भन्दै वडाअध्यक्ष टंकबहादुर राईले श्रदान्जली अर्पण गरिएको बताए ।

लामो समय विरामी रहेको कुलमाया पुल नहुदा अस्पताल लान समस्या हुने गरेको थियो । पुल वारी पैदल हिडन सक्ने वाटो भए पनि पारी जानको लागि भने खोलामा झरेर जानु पर्ने अवस्था रहेको थियो । वर्षायाममा खोला आएको वेला घण्टौ वारी नै वस्नु पर्ने वाध्यता पुल बनेपछि हटको स्थानिय बताउँछन् । पुल बनेपछि पारीका चार घर लाभान्वित भएका छन् । दुवै तर्फ वाटो नभएकोले वारीपारी गर्नलाई खोला नै झर्नु पर्ने वाध्यता अब टरेको छ ।

20200713_092532.psdlll (1)

खहरे खोला हेर्दा सानो देखिए पनि वर्षा यामको वेला भने यसले ठुलो क्षति गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपमेयर भण्डारीले बताइन् । वेलावेलामा मर्मतका लागि ध्यान दिन पनि वडालाई सुझाव दिंदै उनले उपमहानगरबाट सधै सहयोग हुने बताइन् । वडावासीको समस्या समाधानको लागि पुल निर्माण सम्पन्न गरेकोमा १२ न. वडालाई उनले धन्यवाद पनि दिइन् । यो पुल एक लाख ३० हजार रुपैया लागतमा निर्माण सम्पन्न भएको वडा सदस्य ब्रह्मज्ञ भट्टराईले जानकारी दिए । पुल निमार्णका लागि ९५ हजार रुपैया उपमहानगरपालिका र बाँकी रकम उपभोक्ता समितिबाट उठाइएको उनले बताए।