संखुवासभा ः संखुवासभाको धर्मदेवी नगरपालिका-१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
सोमवार बिहानै आफ्नै भतिजा स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संग्लग्न गंगा राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।