मोरङ: मोरङको केरावारी गाउँपालिका २ सिंहदेवी चिसाङ खोलाकी ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ ।

२७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा बुझाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरि, मोरङको रतुवामाई नगरपालिका ३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको हो । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।