सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ पोखरीयाकी ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छिन् ।
आज बिहानै ४ बजे मर्निङ वाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे स्थानीयले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएर गएको थियो । मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।