मोरङ: विराटनगर महानगरपालिका १५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ ।

उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चिया पसलबाट लागुऔषध समेत वरादम गरेको छ ।

प्रहरीका अनुसार मनोकामना झाको चिया पसलबाट डाइलक्स डिसि १ बोतल, कोडिन फोस्फेट २ बोतल र नाइट्रोभेट ३० चक्की वरामद गरेको छ भने सहेदा खातुनको चिया पसलबाट डाइलक्स डिभि ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो । लागुऔषध बरामद भएसंगै दुबै चिया पसलका संचालक र बिराटनगर १७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।