धरानः धरानका बाढी पीडित तथा लकडाउनबाट पीडित अतिविपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा राहत वितरण गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्वाञ्चल संयोजक सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको थियो । धरान वडा नं ५, वडा नं ८ र १३ का अतिविपन्न बाढी पीडित, लकडाउन पीडित ४० परिवारलाई राहत वितरण गरिएको हो । प्रतिपरिवार १० किलो चामाल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको तामाङले जानकारी दिए ।

rahat1

उनले नेपाल आदिवासी जनजाति महासंघ, न्यूयोर्क, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, हाल अमेरिकामा रहेका ग्रामिण क्लब हाउस इटहरीका अध्यक्ष मुकुन्द सुवेदी र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलाई सहयोगको लागि विशेष धन्यवाद पनि दिए । ग्रामिण क्लब हाउसका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा राहत वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, समाजसेवी नन्दराज राई, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, ग्रामिण क्लब हाउस, इटहरीका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी लगायतले मन्तव्य राखेका थिए ।