धरान: हत्या अभियोगमामा फरार भएका अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन् ।
झापाको टागनडुब्बाका बौदल लामगाधे बिक भन्ने पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले १४ बर्षपछि पक्राउ गरेको हो । उनलाई साविक टागनडुब्बा गााविसका ९ का नत्थु बिकको हत्या गरेको अभियोग छ । २०६३ चैत २४ गते साइकलको बिषयमा रक्सीको नशाले मातेको अवस्थामा उनले नत्थुलाई कुटपिट गरेका थिए । गम्भीर घाइते भएका नत्थुलाई विराट नर्सिङ होममा उपचार गर्न लगिए पछि भोलीपल्ट निधन भएको थियो । घटना पश्चात फरार रहेका बौदलविरुद्ध मृतकका ससुरा रामबहादुर बिकले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
फरार रहेका बौदललाई झापा प्रहरीले गत बैशा ३० गते जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजी कार्य जारी राखेको थियो । सोही क्रममालाई उनलाई जिल्ला प्रहरी र ईलाका प्रहरी कार्याल काकडभिट्टाको संयुक्त टोलीले मेचीनगर नगरपालिका ८ स्थित ईटाभट्टा चोकमा लुकेर बसेको अवस्थामा पक्राउ गर्न सफल भएको झापाका डिएसपी राकेश थापाले जानकारी दिए । पक्राउ परेका बौदललाई बुधबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पनि उनले जानकारी दिए ।