धरान: अबिरल बर्षाको कारण बाटो हिलाम्य भएर अवरुद्ध भएपछि खुलाउनको लागि मोरङ केराबारी १ पाटीगाँउका दुई युवा समाजसेवीले वडा कार्यालयलाई डिजेल सहयोग गरेका छन् ।

स्थानीय युवा समाजसेवीले डेविड सुब्बा र नन्दकुमार लिम्बुले २ सय लिटर डिजेल मोरङ केराबारी गाउँपालिका वडा नं १ लाई सहयोग गरेका हुन् । दुवैले १७ हजार रुपैया बराबरको सहयोग गरेका छन् । बिशेष कारणले वडाअध्यक्ष चन्द्रसिं लिम्बु आउन नपाए पछि उनका बुबा पुर्णबहादुर लिम्बुले डिजेल बुझेका थिए ।

निरन्तरको बर्षाले बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएकोले खुलाउनको लागि डिजेल सहयोग गरेको डेबिट लिम्बुले बताए । गाउँलाई एकदमै समस्या भयो । बाटो अवरुद्ध हुँदा गाडी चल्दैन र हिडेर उपचारकोलागि जानुपर्ने अवस्था आयो, उनले भने, त्यसैले बाटो खुलाउनको लागि डिजेल सहयोग गरिएको हो । सहयोगी सुब्बा धरानमा पनि सामाजिक कार्यहरुमा सक्रिय छन् । पछिल्लो समयमा उनी ह्वाइट फेज मानवअधिकार संस्थामा आवद्ध भएर समाजसेवामा लागिपरेका छन् ।