धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले शनिवार ५० जना टेम्पो चालक परिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका चालक परिवारहरुलाई धरान नाटक घर उपभोक्ता समितिको सहकार्यमा राहत वितरण गरेको हो । राहत स्वरुप १५ केजी चामल, एक केजी दाल र १ केजी नुन प्रदान गरिएको संगठनले जनाएको छ । संगठनलाई उपभोक्ता समितिले ६ सय २५ केजी चामल, नेपाल प्रध्यापक संगठन केन्द्रीय सदस्य गोपीकृष्ण खतिवडाबाट एक सय केजी चामल, धरान मुस्लिम समाजबाट १ सय केजी चामल र १५ नम्बर वडाध्यक्ष नरेस इवारमबाट ६० केजी दाल र ६० केजी नुन प्राप्त भएको संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।

लकडाउन केही खुकुलो भएपनि यातायात मजदुरहरुको समस्या उस्तै रहेकोले राहत वितरण कार्यलाई निरन्तरता दिइएको केन्द्रिय सदस्य लक्ष्मी बाँनियाको भनाई छ । संगठनले लकडाउन अवधिमा अहिलेसम्म १५ सय वढि यातायात मजदुर परिवारलाई राहत वितरण गरेको जनाएकोछ । संगठन प्रदेश १ उपाध्यक्ष रविन अधिकारी, नाटक घर उपभोक्ता समिति अध्यक्ष प्रेम सुव्वा, सचिव अरुण प्रधान, सदस्य हिमाल दाहाल, प्रेस संगठन नेपाल केन्द्रिय सदस्य देवेन्द्र कार्की लगायतको उपस्थितिमा राहत वितरण भएको थियो ।