धरान: रोटरी क्लव अफ धरानको ३६ औं पदस्थापन समारोहबाट अध्यक्षको पदको जिम्मेवारी दिपक कुमार श्रेष्ठले ग्रहण गरेका छन् ।

निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यभार वर्तमान अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । धुलिखेल समाज, धरान १ को सभाहलमा शनिबार सम्पन्न समारोह सम्पन्न भएको हो । रोटरीको आगामी १ वर्षका लागि सचिवमा शिवानन्द साह र कोषाध्यक्षमा फिरोज श्रेष्ठ लगायत २१ जनाको कार्यसमितिको चयन भएको छ । समारोहमा रोटरी क्लव अफ धरानका सचिव मुकेश तोदीले कार्यकालमा सम्पन्न कार्यको प्रगति प्रदिवेदन प्रस्तुत गरेका थिए । रोटरी अभियानमा आफु सरिक भएर सिकेका कुराहरु आफ्नो नेतृत्व कालमा रोटरीको लक्ष्य र उद्देश्यलाई सामाजिक सेवाका कामहरु सँगै व्यवहारमा उतार्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।

निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने हात र साथलाई कृतज्ञता ज्ञापन गर्दै आफु अझबढी सकृयताका साथ रोटरी अभियानमा लाग्ने बताए । कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी र विशेष स्वास्थ्य सतर्कता अपनाई कार्यक्रम सम्पन्न गरिएको थियो । रोटरीका डिष्ट्रक गर्भनर राजिव पोखरेल र पूर्व डिष्ट्रक गर्भनर सन्जय गिरीले काठमाण्डौंबाटै अनलाईन भिडियो कन्फ्रेन्सबाट शुभकामना व्यक्त गरेका थिए ।

कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी र विशेष स्वास्थ्य सावधानी र सतर्कता अपनाई कार्यक्रम सम्पन्न गरिएको थियो । एशिष्टेन्ट गर्भरनर सपना रिजाल र ललित अग्रवाल विषेश उपस्थिति रहेको थियो । प्रमूख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नगरको विकासमा रोटरी क्लव अफ धरानले गरेको कार्यले ठूलो सहयोग पुगेको बताए । नगरको योजना अनुरुप सहकार्य गर्न मेयर राईले क्लवलाई अनुरोध समेत गरेका थिए ।

rotary1

कार्यक्रममा सदावाहर तथा वरिष्ठ गायक दिप श्रेष्ठलाई गीत संगितको क्षेत्रमा गरेको योगदानको कदर गर्र्दै भोकेसनल एवार्डले सम्मान गरिएको थियो । आफ्नो जन्म थलो धरानमा धरानेहरुले गरेको माया र सम्मान आफ्नो घरबाट पाएको जस्तो महसुस हुने उनको धरणा थियो । अरु ठाँउमा गरिएको सम्मान् भन्दा धरानमा गरिएको सम्मान्ले आफुलाई बेग्लै आत्मसम्मान दिने गरेको उनले बताए ।

उक्त समारोह बीच रोट्¥याक क्लव अफ धरानको २० औं पदस्थापन पनि सम्पन्न भएको थियो । रोट¥याकट क्लव अफ धरानका निवर्तमान अध्यक्ष शुभ न्यौपानेले वर्तमान अध्यक्ष रेश्मा शाक्यलाई पदभार हस्तान्तर गरेका थिए । रोट¥याक्टर क्लवको सचिवमा रोशी श्रेष्ठ र कोषाध्यक्षमा अनुज अग्रवाल लगायत १५ जनाको कार्यसमिति चयन भएको हो ।

मेम्बरशिप चियर रोटरियन महेन्द्र अग्रवालबाट प्रस्ताव गरिएका आयुश्मा शाक्य, सन्दिप शाक्य, अशोक जैन, गिरिस अग्रवाल, राजु शाह, निरज श्रेष्ठ, मनिष वंशल गरी जम्मा ७ जनालाई क्लवको नयाँ सदस्यता प्रदान गरिएको थियो ।