धरानः नेपाल चीनकाे ताताेपानी नाकाबाट करिव ६घण्टाको पैदल दुरीमा पर्ने केरुङ च्छो ताल उच्च जोखिममा रहेको भन्दै चिनिया अधिकारीले नेपाल पक्षलाई जानकारी दिएको छ ।
ताल फुटिहाले भोटेकोशी नदीमा पानीको बहाब अकल्पनीय हुन्छ भने त्यसको क्षतीको अनुमानै लगाउन नसकिने बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिएका छन् । यसको प्रभावले अप्ठ्यारो अवस्थाको सृजना हुन सक्ने भन्दै सिन्धुपाल्चोक जिल्लामा प्रशासनले सुचना जारी गरि सचेत रहन आग्रह गरिसकेको छ ।
यता सुनसनीमा समेत सप्तकोशी नदीमा विगत तीन दिन देखि निरन्रत पानीको बहाव उच्च छ । ३ लाख क्वीसेक प्रतिसेकेन्ड पानीको मापन गरिएको छ । आज विहान मात्र ३ लाख नाघिसकेको र यो पहाडी क्षेत्रको निरन्तरको वर्षाको कारण रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले जानकारी दिएका छन् ।
उनका अनुसार चिनको ताल फुटे यसको असर सप्तोकोशीमा समेत पर्नसक्ने भन्दै नदी किनाराका आसपासका नागरिकलाई स्थानीय प्रहरीले माइकिंग थालिसकेको छ । 'यदी नदीमा असिमित पानीको बहाव भइ हाले हामीले के नै गर्न सक्छौं र' क्लिक धरानसँगको टेलिफोन कुराकानीमा पोख्रेलले भने 'हामीले नागरिकलाई सचेत बनाउने काम गरिरहेका छौँ । विपत समितिको बैठक पनि बसिरहेका छौँ । आज थप बुझेर के गर्ने भन्ने योजना बनाउँछौँ ।'