धरानः सप्तकाेशी नदीकाे बहाव याे वर्षकै उच्च भएकाे छ । जाेखिमकाे तहभन्दा माथि पुगेपछि ५६ मध्ये ४६ ढाेका खाेलिएका छन् ।

आज विहान ६ बजे काेशीमा पानीकाे बहाव ३ लाख ३४ हजार ९ सय ९० पुगेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ । काेशीमा २ लाख क्वीसेक पानीकाे बहाव पुग्दा खतराकाे सुचक स्वरूप राताे बत्ती बाल्ने गरिन्छ । सुनसरी र सप्तरी प्रशासनका अनुसार जल तथा माैसम विज्ञान विभागले नदी जाेखिम क्षेत्रका नागरकका लागि माेवाइल सन्देश पठाउन थालेकाे छ । यस भेगका नागरिकलाइ सुरक्षित भएर रहन आग्रह गरिएकाे छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पाेख्रेलका अनुसार हरेक दिन विपतकाे बैठक बसेर सप्तकाेशीले पुर्याउन सक्ने क्षतीकाे बारेमा पूर्वतयारी गरिन्छ भने सुरक्षा निकायमा सेना, शसस्त्र र प्रहरीलाइ तैनाथी अवस्थामा रहन भनिन्छ । आवश्यक सुरक्षा सामाग्रीकाे बारेमा सँघ र प्रदेश सरकारसँग समन्वय गरिएकाे छ ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले भने सम्बन्धित वडाका जनप्रतिनिधसँग निरन्रर संवाद भइरहेकाे र आवश्यक उद्दार समाग्रीकाे जाेहाे गरिरहेकाे जानकारी दिए । उनले सप्तरीकाे तिलाठी, कन्कालिनि लगाएतका काेशीले प्रभाव पार्नसक्ने ठाउँका स्थानीयसँग प्रशासनले निरन्तर सम्पर्क बढाइरहेकाे छ भने काेशी ब्यारेजकाे अवस्थाकाे बारे माइकिङ र माेवाइल सन्देशमार्फत सुरक्षीत रहन भनिरहेकाे छ । नदी आसापसमा माछा मार्ने पेशेवर नागरकिलाइ प्रतिबन्घ लगाइएका छ भने नदीकाे भेलमा आउने दाउरा टिप्न तँछाड मछाड गर्नलाइ समेत राेक लगाइएकाे छ ।