धरान: लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानले वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वाव संकलन गर्ने भिटिम किट सहयोग गरेको छ ।

क्लवले १ हजार ४ सय थान किट बुधबार प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । क्लवले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीलाई उनकै कार्यालयमा गएर किट हस्तान्तरण गरेका थिए । कोरोना भाइरसको कारण विश्व नै समस्या परेको वेला क्लवले देशभर ६ करोड वरावरको राहत र स्वास्थ्य सामग्री वितरण गरिसकेको डिस्ट्रिक ३२५ ए वानका प्रथम उपाध्यक्ष रेवतवहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार क्लवले देशभर १८ हजार भिटिएम किट हस्तान्तरण गरिसकेको छ । कति संख्या र मुल्यको दिए भन्दा पनि सहयोगी भावनाले सहयोग गर्नु नै ठुलो कुरो रहेको भन्दै प्रतिष्ठानका उपकुलपति गिरीले क्लवलाई धन्यवाद दिएका थिए । डिस्ट्रिक ३२५ चिफ ट्रेनिङ्ग पुल लायन्स धिरज गुरुङ्गद्वारा संचालित कार्यक्रममा जिल्ला विशेष सल्लाहकार गौरीशंकर अग्रवाल, विपिन सुव्वा, टिम एरिया संयोजक रेखा गुरुङ्ग, जिल्ल चिफ टंक गुरुङ्ग, जिल्ला सल्लाहकार राजिव दाहाल लगायतको उपस्थिति रहेको थियो ।