सुनसरी: इटहरीमा अब होम क्वारेन्टाइन र होटल क्वारेन्टाइनमा पनि बस्न पाइने भएको छ ।

कोभिड १९ नियन्त्रण रोकथाम र क्वारेण्टिन सञ्चालन तथा ब्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि, होटल ब्यवसायी, स्वास्थ्यकर्मीसमेत सहभागी वैठकले सरकारको होम क्वारेन्टाइन सम्वन्धी मापदण्ड २०७७ अनुसार घरैमा सेल्फ क्वारेण्टिनमा वस्न सकिने निर्णय भएको हो ।

होम क्वारेन्टाइनमा वस्न वडा कार्यालयको सिफारिस अनिर्वाय गरिएको छ । यसैगरि खाना र आवासका लागि न्यूनतम शूल्क लिने गरि तोकिएका होटलहरुमा पनि वस्न सकिने निर्णय गरिएको छ । होम तथा होटल क्वारेन्टाइनमा वसेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ परामर्श र परीक्षण सेवा इटहरी उपमहानगरले उपलब्ध गराउने छ । उपमहानगरले कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न उपमहानगरवासीलाई आग्रह गरेको छ । अनिवार्य माक्स लगाउन, सेनिटाइटर प्रयोग गर्न,दुरी कायम गर्न आग्रह गरेको हो ।