विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले अहिलेसम्म काम राम्रो गरिरहेको भन्दै उनले कर्मचारीहरुलाई अझै राम्रो काम गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्य मन्त्री जसमाया गजमेरसँगै उनको कार्यकक्षको पनि अनुगमन गरेका हुन् ।