धरान: सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोले विस्थापित भएका ८७ घर परिवारलाई राहत विरतण गरिएको छ ।

इसाई समाज, प्रदेश नं १ को पहलमा आह्वानमा आव्हानमा क्विक रेस्क्यु टिमको सहकार्यमा कन्ड्युट टिम नेपालको सहयोगमा विस्थापित परिवारलाई राहत वितरण गरिएको हो । समाजको जिल्ला समितिको आयोजनामा ३ लाख बराबरको राहत विरतण भएको संस्थानले जनाएको छ । राहतमा प्रति परिवार २५ किलो चामल र फाइवर ब्ल्यान्केट बितरण गरिएको समाजका महासचिव मेहरमान ह्युजले जानकारी दिए । समाजले गत साउन १ गते २५ घर परिवारलाई पहिलो चरणको राहत बितरण गरेको पनि जानकारी दिएको छ ।

गत असार २७ गते राति १२ घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन भने एकजना को मृत्‍यु भएको थियो भने ८६ घर परिवार बिस्तापित भएका थिए । समाजले संखुवासभाका पहिरो पीडितसँग, साउन ५ गते तेह्रथुमको सोल्मा ढाडेस्थित भालु खोलाले बगाएर मृत्‍यु भएकी तेह्रथुम जिरिखिम्तिकी ३६ बर्षीय अन्जना लिम्बुको परिवारलाई समेत आर्थिक सहयोग गरेको छ । मृतक लिम्बुको परिवारलाई जिल्ला तेह्रथुम र प्रदेश १ इसाई समाजले संयुक्तरुपमा सान्त्वना स्वरुप ४० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष विक्रम एक्त्तेन लिम्बुले जानकारी दिए । राहत जिल्ला बिपद व्यवस्थापन समितिलाइ हस्तान्तरण गरिएको थियो ।समाजका अध्यक्ष लिम्बुले सहयोगीहरुलाई धन्यवाद दिदै समाजले आफ्नो सामाजिक दायित्व पुरा गर्दै सहयोग गरिरहेको बताए