विराटनगरः प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत १९ प्रहरीमा काेराेना पाेजेटिभ देखिएकाे पुष्टी भएकाे छ ।
आज मोरंगमा पुष्टि भएका २२ जनामध्ये १९ जना प्रदेश प्रहरी कार्यालयका प्रहरी हुन् । शुक्रवार पिसिआर टेस्ट गरिएका मध्ये १९ जनामा पाेजेटिभ देखिएकाे र उनीहरूकाे उपचारका लागि आइसाेलेटेड अस्पताल गाेठगाउँ लगिएकाे प्रदेश १ प्रहरी प्रवक्ता एसपी दीपक पाेख्रेलले जानकारी दिएका छन् । उनका अनुसार सँक्रमितहरू सीमा छेउ काममा खटिएका भने हाेइनन् । उनीहरू कार्यालय परिसरमै प्रशासनीक फाँटमा काम गर्थे । उनीहरूमध्ये धेरै चाहि कार्यालय परिसरकै ब्यारेकमा बस्ने गरेका थिए भने बाँकि आफ्नै घर र डेराबाट काममा आउने गरेका थिए ।
कार्यालय परिसरमा त्रास बढेपनि मानिसकाे आवातजावत कम गरिएकाे छ भने कार्यालय परिसरमा निर्मलिकरण गरिएकाे छ । व्यक्तीगत दुरी काम गर्दै डिजिटल माध्यमबाट काम अघि बढाइएकाे छ । कार्यालयका अत्यावश्यक शाखामा मानिस राखिएकाे छ भने भर्चुअल मिटिङमार्फत कार्य सम्पादन भइरहेका पाेख्रेलले जानकारी दिएका छन् ।