धरान: रोटरी क्लब अफ धरान घोपाले “वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारासहित वृक्षारोपण कार्यक्रम गरेको छ ।

धरान–१५ स्थित शवदाहस्थल नजिकैको बमधारा परिसरमा १५० वटा विरुवा रोपेको हो । क्लबका अनुसार मलेसियन साल, टिक, गोल्डमोहर, जामुन, अमला, पारिजात र बेललगायतको विरुवा रोपिएको थियो । रोटरी क्लबले वातावरण संरक्षणका क्षेत्रमा हरेक वर्ष वृक्षारोपण गर्ने गरेको र रोपिसकेका विरुवाहरुलाई गोडमेल समेत गर्ने क्लबका अध्यक्ष राजेश अग्रवालले बताए । रोट्रयाक्ट क्लब अफ धरान घोपा र इन्ट्रयाक्ट क्लब अफ धरान घोपाका सदस्यहरु लगायत सो कार्यक्रममा करिब ५५ जनाको उपस्थिति रहेको थियो ।