विराटनगरः विराटनगरकाे काेशी अस्पतालमा कार्यरत नर्स र चिकित्सकमा काेराेना पाेजेटिभ देखिएकाे छ ।
यस अघि काेराेना देखिएकाे निजि स्वास्थ्य सँस्था विराट नर्सिङहाेममा समेत कार्यरत रहेकी नर्समा काराेना देखिएकाे हाे भने अर्का एक चिकित्सक सप्तरी घर भएका हुन् । उनले सेवा शुरू नगरिसकेकाे अस्पतालक मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । दासका अनुसार ति नर्स सुत्केरी गराइसकेपछि लगि वार्ड पाेस्टनेटल वार्डमा कार्यरत थिइन् । अहिले त्याे वार्ड पुर्णरूपमा सिल गरिएकाे छ भने उनकाे सम्पर्कमा रहेका व्यक्तीहरूकाे पिरिआर परिक्षणका लागि स्वाव सँकलन गर्ने काम थालिएकाे छ ।
चिकित्सकमा भने सामान्य रूघाखाेकीकाे लक्षण देखिएपछि गत शनिवार परिक्षण गर्दा काेराेना भेटिएकाे छ । विराट नर्सिङ हाेममा भने यस अघि नै चिकित्सक तथा अस्पताल सँचालक ज्ञानेन्द्रमान सिँह कार्कीमा काेराेना भेटिएकाे थियाे । त्यसपछि अस्पताल पुर्णरूपमा सिल गरिएकाे छ । सँक्रमितलाइ काेशीकाे काेभिड उपचार केन्द्रमा पठाइएका छ ।