झापा: झापाको २ छुट्टाछुटै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् ।
कन्काई नगरपालिका ४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरुलाई बुधवार दिउँसो २ बजे कन्काई नगरपालिका ४ ईलुवारीबाट ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी सोही टोलीले बिर्तामोड नगरपालिका ४ घर भई अर्जुनधारा नगरपालिका ६ मा बसोबास गर्ने २० बर्षीय निकेश राईलाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको छ । राईको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर वरामद भएको प्रहरीले जनाएको छ । उनलाई बुधवार साँझ ७ बजे डेरा नजिकबाट पक्राउ गरिएको हो । ब्राउन सुगरसहित पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
लागुऔषधसहित मोरङबाट २ जना पक्राउ
मोरङको रतुवामाई नगरपालिका २ बाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो साँढे ४ बजे उर्लावारी नगरपालिका ५ का २२ बर्षीय बिबश तामाङ र २१ बर्षीय सुरज बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नाईट्रोभेट ट्याब्लेट ८ पत्ता र एसपी ट्याब्लेट ३ पत्ता बरामद भएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।