इटहरीः इटहरीका स्वास्थ्यकर्मीले समुदायमा काेराेना पुगेकाे बताएका छन् ।

इटहरी अस्पतालका इमर्जेन्सी विभागका प्रमुख रामकुमार धमलाका अनुसार इटहरी उपमहानगरपालिकाका सँक्रमित कर्मचारीमा कुनै ट्राभल हिस्ट्रि नदेखिएकाे भन्दै उनले सँक्रमण समुदाय तहमा पुगिसकेकाे पुष्टि भएकाे जानकारी दिए । समुदाय तहमा पुगेकाे काेराेना जाेखिमकाे अवस्थालाइ नियन्त्रणमा लिन मास स्याम्पल कलेक्शन गर्ने तयारी नगरपालिकाले थालेकाे धमलाले जानकारी दिएका । उनकाअनुसार अस्पतालकाे मेडिकल टीमले नगर क्षेत्रकाे अवस्थालाइ बुझेर मेडिकल रेस्क्यू गर्नेछ ।

जसअनुसार सँक्रमण भएका कर्मचारीसँग सम्पर्कमा रहेका व्यक्ती र कर्मचारीकाे तत्काल पिसिआर जाँचका लागि स्वाव सँकलन गरिएकाे छ । त्यस्तै सँक्रमित नियमित पुग्ने पसल केहि दिनसम्म बन्द गर्ने र डिस्इन्फेक्ड गर्ने काम गरिएकाे छ ।