विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ भने झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष संक्रमण पुष्टि भएका छन् भने उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश महेताले बताए ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।
प्रदेश १ मा आज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा आजसम्म ७ सय ८९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।