धरान: सर्दु खोलाले धरान–चतरा सडकखण्डमा कटान गरेको छ ।

खोलाले धरान १७ स्थित धरान–चतरा सडकखण्डमा सर्दुमा नवनिर्मित पुल पारी पश्चिमतर्फको भागमा कटान गरेको हो । चतरा जाने बाटो कटान गरेपछि अहिले सवारीसाधनहरु निजी जग्गामा बाटो खोलेर आवतजावत गरिरहेका छन् । तर, बर्षा भएको बेला त्यहाँ हिलाम्य भएर आवतजावतमा निक्कै गाह्रो हुने गरेको छ ।

भिडियो:

बर्षा निरन्तर भइरहेकोले पश्चिमतर्फ सर्दुले थप कटान गर्ने जोखिम यथावत छ । एक टेम्पो चालकले हिलोले निक्कै गाह्रो भएको तर जर्बजस्ती सवारीहरु चलाउनु परिरहेको बताए । वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले सर्दुले कटान गरेको कारण वैकल्पिक बाटो अल्पकालिनरुपमा डाइभर्ट गरेको बताए । बर्षा रहेपछि वडा र नगरको विपद बजेटबाट जाली हालेर स्थायीरुपमा तबटबन्धन गरेर बाटोलाई पहिलेकैरुपमा सञ्चालन गर्ने बताए ।

sardu-katan2 sardu-katan1 sardu-katan3 sardu-katan4 sardu-katan5 sardu-katan6