विराटनगरः विराटनगरको सनराईज बैँकमा कार्यरत एक कर्मचारीले मुसाको विष खाएर आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्नेमा विराटनगर ८ की ३० वर्षीय सनाज खतिवडा भएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन् । प्रहरीका अनुसार उनले लुवान नामको विषय खाएको प्रष्ट भएको छ । घटनाको प्रकृती हेर्दा विषय खाएको देखिएकोले थप प्रहरी बैँकको सिसि टिभी फुुटेज निकालेर थप अनुसन्धान सुरु गरेको खड्काले जानकारी दिएका छन् ।
हातमा चोट देखिएको र रगत बगेको देखिएको प्रहरीको भनाई छ । उनलाइ बोहोस अवस्थामै कर्मचारीले नोवेल अस्पताल पुुर्याएका थिए । तर, अस्पताल पुुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा पुुर्याएको प्रहरीले बताएको छ ।