ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का एक बालक तमोर नदीमा वेपत्ता भएका छन् ।
स्थानीय १५ बर्षीय शुक्रबिर लिम्बुलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो । हिजो शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोरमा पौडी खेल्न गएका उनलाई अचानक नदीले बगाएर बेपत्ता बनाएको थियो । घटनाबारे खबर पाएपछि प्रहरी चौकी शिवाबाट प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयवासी समेतको सहयोगमा वेपत्ता बालकको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।