धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ ।

प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुमा कोरोना संक्रमण हुन थालेको साथै विरामीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आउन थालेपछि ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहलले एक सुचना जारी गर्दै ओपिडी सेवा भोली(साउन २८) गतेदेखि अर्को सुचना नभएसम्मलाई पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको जनाएका छन् । धरानमा एक हप्ताको लागि लकडाउन गरिएको र प्रतिष्ठानभित्रै पनि कोरोना संक्रमण देखिएकोले ओपिडी बन्द गर्नुपरेको सुचनामा उल्लेख छ ।

bpkihs-opd