विराटनगरः  श्रीकृष्ण जन्माष्टमीकाे भालीपल्ट प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा याे वर्ष हुन सकेन । हजाराैँ तीथयात्री सम्मलित रथयात्रामा दक्षिण एसियाकै ठुलाे यात्राका रूपमा लिइन्छ ।

विराटनगर महानगरपालिकाले अाजकाे दिन सार्वजनिक बिदा दिने गर्थ्याे । तर, काेराेनाका कारणा विराटनगरकाे अवस्था असामान्य बनेपछि राथ यात्रालाइ सामान्य विधि मात्र पुर्याइएकाे मेयर भिम पराजुलीले जानकारी दिए ।

उनले धार्मिक पर्व भएकाले सामान्य विधि मात्र पुर्याइएकाे बताए । काेराेना महामारीले सबै भक्तजनकाे घुँइचाे हाेला भनेर हल्ला नगरी सुटुक्क विधि पुर्याइएकाे बताए । उनका अनुसार दुइ वालवालिकालाइ कृष्ण र राधाकाे जाेडि बनाएर खटमा राखि नगर परिक्रमा गरिएकाे बताए ।

वि.स. १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भई २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तरता पाएको थियाे