धरान: धरानमा स्वाब संकलन गरिएका २ जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आज बिहानै आयो । ती मध्ये एक जना इटहरी ८ का व्यक्ति थिए ।
ती व्यक्तिको मोवाइल बिहान स्वीच अफ भएकोले को हुन् ? भन्ने खुलेको थिएन । इटहरी ठेगाना भएका व्यक्तिले कसरी धरानमा स्वाब दिए भन्ने पनि चासोको बिषय थियो । अहिले भने ती संक्रमित ३० बर्षीय व्यक्ति स्वास्थ्य टोलीको सम्पर्कमा आइसकेका छन् । उनी धरानस्थित प्राइम बैंकको शाखाको सहायक मेनेजर भएको खुलेको छ ।
उनी बैंकमा इटहरीबाट नै आउजाउ गर्ने गरेको भन्ने जानकारी दिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘घर इटहरी भएपनि धरानमा प्राइम बैंकमा कार्यरत कर्मचारी रहेछन्,’मेहताले भने,‘उहाँलाई इटहरीको स्वास्थ्यको टिमले फलो गरिरहेकोछ, उतैबाट आइसोलेसनमा लगिन्छ ।’