धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका थप ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको मेटरनल आइसियुमा कार्यरत ४ जना नर्सहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । यसअघि पनि एमआइसियुमै २ जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा संक्रमण पुष्टि भएको थियो । ती महिलाको उपचारमा संलग्न २ जना नर्सहरुको शुक्रबार रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरुलाई कोभिड १९ अस्पतालमा लगिसकेको स्रोतले जनाएको छ । उनीहरुसँग स्वाब संकलन गरिएका अन्यको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उपचाररत एक महिलामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको आधारमा एमआइसियुमा कार्यरत नर्सहरु 'आइसोलेट' भएर बसेका थिए ।