धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितसँगै आएका कुरुवा एवं आफन्तहरुलाई कोभिड १९ अस्पताल परिसरभित्र नबसिदिन आग्रह गरेको छ ।
संक्रमित विरामी उपचाररत अस्पताल परिसर भित्रै बसिरहदा संक्रमण समुदायमा फैलन सक्ने जोखिम बढ्ने भएकोले कोभिड १९ अस्पताल परिसरमा नबसिदिन प्रतिष्ठानको अस्पताल प्रशासनले आग्रह गरेको हो । सहायक अस्पताल निर्देशक डा.विकास साहले एक सूचना जारी गर्दै संक्रमित व्यक्तिलाई अस्पताल भर्ना गरिसके पछि बाँकी सबै उपचार सेवा अस्पतालबाट नै प्रदान गरिने र आवश्यक परेको खण्डमा विरामीको आफन्तलाई सम्पर्क गरिने जनाएका छन् ।
डा.साहले आफन्तहरु आफ्नै घरमा वा नजिकको क्वारेन्टिनस्थलमा सुरक्षितरुपमा रहेर समुदायलाई सुरक्षित राख्ने कार्यमा सहयोग पुर्याइदिन पनि अनुरोध गरेका छन् । साथै उनले संक्रमित विरामीसँग संक्रमण नभएको व्यक्तिहरु साथ नआइदिन वा नपठाइदिन पनि अनुरोध गरेका छन् ।