झापा: झापाको कमल गाउँपालिका २ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ ।
हिजो मंगलवार अपरान्ह ५ बजे स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।