विराटनगरःविराटनगरमा थप एक संक्रमितकाे मृत्यु भएकाे छ ।
काेशी काेभिड उपचार केन्द्रमा उपचारत विराटनगर ८ का ६५ वर्षीय पुरूषकाे मृत्यु भएका काेशी अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए । दासका अनुसार उनलाइ आईतबार कोरोना पुष्टि भएकाे हाे । घरमै रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएकाे थियो ।
अस्पताल ल्याएको एक घण्टामै उनको मृत्यु भएको कोशी अस्पतालका दासले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका उनको अवस्था अस्पताल पुग्दा गम्भीर बनिसकेकोले बचाउन नसकेको चिकित्सकले जानकारी दिए । संक्रमितकाे पछिल्लाे मृत्युसँगै विराटगनरमा काेराेनाकै कारण ज्यान गुमाउनेकाे सँख्या १० पुगेकाे छ । प्रदेश १ मा भने हालसम्म १७ जनाकाे मृत्यु भएकाे छ ।