इटहरी: इटहरीको वडा नम्वर ६ र ९ लाई सिल गर्ने निर्णय गरिएको छ ।

इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको वैठकले यस्तो निर्णय गरेको हो । वडा नम्वर ६ र ९ मा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले बताए । भदौ १४ गतेसम्म सिल गरिएको वडा नम्वर ९ का अध्यक्ष भुपेन्द्र वरालले बताए । ती वडामा अतिआवश्य सेवा र पसलवाहेक सवै सेवा र हिडडुल पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ ।

इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा आठ जना संक्रमित छन । यसैगरि, वैठकले इटहरी ९ स्थित रंगशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय गरिएको छ । यसैगरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्वन्धित मन्त्रालय र निकायहरु सँग आब्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते सम्म निशेधित क्षेत्र घोषणा गरेकाले इटहरीमा पनि यातायात,वजार,संघ सस्था वन्द छन ।