धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुको आन्दोलन चर्किएको छ।

प्रतिष्ठान व्यवस्थापनले आफुहरुको समस्या सम्बोधन गर्न चासो नदेखाएको भन्दै विभिन्न विभागमा कार्यरत नर्सहरु आन्दोलित भएका हुन् । उनीहरुले विभिन्न १६ बुँदे माग अघि सार्दै २ दिनभित्र पुरा नभए डिउटीमा सहभागी नहुने चेतावनी पनि दिएका छन् । नर्सहरुको आन्दोलनमा हेल्पर र हेल्थ एडहरुले पनि समर्थन जनाएका छन् ।

नर्सहरुले आज प्रतिष्ठानका पदाधिकारीहरुलाई १६ बुँदे माग पत्र पनि बुझाएका छन् । भोली बुधबारसम्म माग पुरा नगरे कालोपट्टी बाँधेर काम गर्ने नर्सहरुले बताएका छन् । त्यसपछि ११ गतेसम्म पनि मागहरु पुरा नभए सम्पुर्ण स्टाफ नर्स, हेल्पर र हेल्थ एडहरु डिउटीमा सहभागी नहुने पनि चेतावनी दिएका छन् । अहिले आन्दोलित नर्सहरुका प्रतिनिधि र प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, मेट्रोन उपेन्द्र यादवसँग मागहरुको बिषयमा छलफल भइरहेको छ ।

nurse-andolan

स्टाफ नर्सहरुका अनुसार संक्रमित विरामीसँग सम्पर्कमा रहेका नर्सहरुलाई क्वारेन्टिन व्यवस्था नगर्न परिवारका सदस्यहरु पनि संक्रमणको उच्च जोखिममा छन् । यस्तै, ज्यान जोखिममा पारेर काम गरिरहे पनि अहिलेसम्म जोखिम भत्ता दिइएको छैन । मास्क, पञ्जालगायत सामान्य सुरक्षा सामग्री पनि पर्याप्त उपलब्न नभएको उनीहरुको गुनासो छ । साथै, उनीहरुले नेपाल सरकारले बढाएको २० प्रतिशत तलब पनि दिनुपर्ने, डिउटीमा पुर्ण पिपिई दिएर मात्र खटाउनुपर्ने, कोरोना विमाको व्यवस्था गर्नुपर्ने, कोरोना शंकास्पद विरामीहरुको पिसिआर रिपोर्ट चाडो ल्याउने व्यवस्था गर्नुपर्नेलगायत मागहरु अघि सारेका छन् ।

bpkihs 1

nurse15

nurse1 nurse2 nurse3 nurse4 nurse6 nurse13 nurse14 nurse7 nurse-andolan3