धरान: लायन्स क्लव अफ धरान जुम्वाद्धारा धरान १७ स्थित सुन्दर नमुना बस्तीका बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

क्लवले सोमवार बाढी पीडित क्षेत्रमा नै गएर चार घर परिवारलाई एक महिनासम्म पुग्ने राहत समग्री प्रदान गरेको हो । क्लवले २५ केजी चामल, २ केजी दाल, २ केजी आटा, १ केजी न्युटेला, २ केजी चिनि, २ केजी चिउरा, आधा केजी चियापत्ति, ५ प्याकेट वाइवाई, विस्कुट र सावुन उपलव्ध गराएको हो । सहयोग सामग्री क्लवका सदस्य धरान १५ निवासी प्रविणा लिम्वुले उपलव्ध गराएको क्लवका कोषाध्यक्ष विद्या सुव्वाले जानकारी गराइन् ।

सहयोग सामग्री सहयोगी प्रविणा लिम्वु र ३२५ ए वान डिस्ट्रिक चिफ टे्रनिङ्ग पुल लायन धिरज गुरुङ्गले संयुक्त रुपमा बाढी पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । केही साताअघि लगातार वर्षाको कारण आएको बाढीले उनीहरुको घर बगाएको थियो । अहिले परिवारलाई दैनिक गुजारा गर्न समस्या परेको जानकारी आएपछि सहयोग गरेको सहयोगदाता प्रविण लिम्वुले बताइन् । कार्यक्रममा टिम एरिया लिडर रेखा गुरुङ्ग, जिल्ला सल्लाहकार लायन राजिव दाहाल, लायन परिना लिम्वु, जिवन राई लगायतको उपस्थिति रहेको थियो ।