विराटनगर: प्रदेश १ मा आज १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमण पुष्टि भएकाहरुमा मोरङका ४८ जना छन् भने सुनसरीमा २४ जना छन् । यस्तै, झापामा १६ जना, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ जना छन् भने प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला र १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरि, सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ भने इनरुवामा १ महिला र ३ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुषमा संक्रमण देखिएको छ । धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष, गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । उता ते¥हथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला, ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ ।
प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आज सम्म ८२ हजार १०२ पुगेको छ ।