बिराटनगर: पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
हिजो बुधवार दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका ४ का ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा विद्युत तार सर्ट भएपछि बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते उनी घाइते भएका थिए । घाइते काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उनको उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यसैगरी, झापाको अर्जुनधारा नगरपालिका ३ खुदुनावारीका २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाईते भएकी थिइन् । उनलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।