विराटनगर: प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी मोरङमा ४७ जना छन् । यस्तै, सुनसरीमा २४ जना, झापा र धनकुटामा १९–१९ जना छन् भने संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, मोरङको कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरि, झापाको दमकमा ७ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ भने झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आजसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ ।
प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ । प्रदेश १ मा आज १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।