खोटाङ: बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्रा लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ ।
ऐसेलुखर्क गाउँपालिका ४ का ईन्द्र बहादुर तामाङको १२ बर्षीय छोरा शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको हो । शुक्रबार राती घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्राले लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले बन्दुक पड्काउने स्थानीय २३ बर्षीय मनकाजी तामाङलाई पक्राउ गरेको जनाएको छ । साथै, घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।