इटहरी: इटहरीमा रंगशालामा निर्माण भइरहेको सय वेडको आइसोलेसन निर्माणलाई तिव्रता दिइने भएको छ ।

उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रतिनिधि, उद्योग वाणिज्य संघसमेतको उपस्थितिमा भएको बैठकले आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय भएको हो । इटहरीमा समेत संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ ।

खानेपानी, विद्युत लगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतीकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र संचालनमा ठुलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरु सँग सहयोगको आग्रह गरिएको छ । वैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महिनाकालागि खादयान्न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । गोर्खा वेलफेयरले पाँचसय लिटर क्षमताको पानी टंयाङ्गकी जडान गरिदिएको छ ।

आइसोलेसन संचालनका लागि नगर प्रमुख चौधरीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति निर्माण गरिएको छ । यसैगरि वडाध्यक्षहरु भूपेन्द्र वरालको संयोजकत्वमा वडाध्यक्षहरु चन्द्र भटटराई,दिपक गौतम, शिव नारायण चौधरी, मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, महासचिव पिताम्वर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ । यसअघिनै शिक्षा महाशाखाका अधिकृत फाल्गुनी काफले संयोजकत्वको निर्माण समिति सक्रिय छ ।