विराटनगरः कोरोना जितेर घर फर्किएकालाई विराटनगरमा स्वागत गरिएको छ । यसअघि विराटनगरका विभिन्न स्थानमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण खराब भएपनि विस्तारै समाजको नगर परिवर्तन हुन थालेको हो ।

अहिले संक्रमणमुक्त भएपछि आफन्त र छरछिमेकी, साथीभाइले पुुष्प गुुच्छा दिएर स्वागत गर्न थालेका छन् भने लामो समय आइसोलेसनमा बसेर फर्किएकाहरुलाई सहज सामाजिककरणका लागि पहल गर्न थालेका छन् । मंगलबार विराटनगर १२ को एक परिवारमा यस्तै दृष्य देखियो । यातायात व्यवसायी समेत रहेका किशोर धमलाको परिवारलाई नै कोरोना संक्रमण भएको थियो । उनी आइसोलेसन बसेर कोरोनामुक्त भइ घर फर्किदा स्वागतमा आफन्त र छिमेकी थिए । उनीहरुको हातमा फूल थियो भने मुहारमा उज्यालो खुसी थियो ।

‘छिमेक र आफन्तले के भन्लान् भन्ने पीर बोकेर घर पुुगेको थिएँ,’धमलाले भने ‘यहाँको माहोल भिन्न पाएँ, एकदमै खुसी लागेको छ ।’ धमलालाई साउन २८ गते बुधबार कोरोना पुष्टि भएको थियो । कुनै लक्षण नदेखिए पनि पीसीआर परीक्षण गराएका उनी संक्रमण देखिएपछि मारवाडी सेवा सदनको ‘आइसोलेसन’मा भर्ना भएका थिए । त्यसपछि परिवारका सबै जनामा संक्रमण देखिएको उनले जानकारी दिए ।

मंगलवार पछिल्लो पिसिआर परिक्षणमा उनको र परिवारको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए । सामान्य जीवनमा प्रवेश गरेको भन्दै सबैले उनीहरुलाई बधाइ पनि दिए । कोरोना संक्रमणको अनुुभव भइसकेका धमलाले आइसोलेसनमा बस्दा पछि समाजले कसरी व्यवहार गर्छ भन्ने कुरा मनमा गढिरहने बताए । धेरै समाचारमा सँक्रमितलाई हेयको भावले हेरेको जानकारी पाएको तर आफुुले भने विल्कुुल भिन्न व्यवहार पाएको भन्दै यसले अब समाजले कोरोनासँगको त्रासबाट मुुक्त भएको बुुझेको बताए ।

‘भोली जो सुकैलाई पनि कोरोना लाग्छ सक्छ,’उनले भने, ‘हामीले आज जस्तो व्यवहार गरिेका छौं भोली त्यस्तै पाउँछौँ ।’ धमलाले समाजको सकारात्मक व्यवहार नै कोरोनालाई सहज पचाउने माध्यम रहेको बताए । धमलालाई स्वागत गर्ने कार्यक्रमको अगुुवाइ गरेका जगदिश तिम्सिनाले संक्रमितलाई मानसिक आघात पर्ने कुुनै पनि काम गर्न नहुुने सुुझाव दिन्छन् । ‘विराटनगरमा पनि कतिपय ठाउँमा कोरोनामुुक्त भएकालाई राम्रो व्यवहार नभएका पायौं,’ उनले भने ‘हाम्रौ यो सानो प्रयासले सकारात्मक सन्देश जाओस् भन्ने लागेको छ ।’