मोरङ: बिराटनगर ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ कटहरी २ का २७ बर्षीय अभिषेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह छन् । यस्तै, सप्तरी बोधेबर्साईन ८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो ।

पक्राउ परेका यो समुहले संगठितरुपमा अपराधिक समुह स्थापना गरेको अनुसन्धानबाट खुलेको छ । साथै, उनीहरुले विराटनगरलाई आपराधिक थलो बनाएर व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

gun1

पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट, १ थान चक्कु, कोटाक महिन्द्रा नामको भारतिय बैङ्कको २ थान चेक वरामद भएको छ । यस्तै, नगद नेपाली रुपैया १८ हजार २० र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका पाँच जनालाई हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरि, प्रहरीले मोरङको बिभिन्न स्थानहरुबाट मोबाईल हराएको तथा चोरी भएको ५३ थान मोवाइल सेट फेला पारेर प्रहरीले सम्बन्धित धनीहरुलाई बुझाएको छ ।