धरान: हिजो राती साढे ७ बजे धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस अघि मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ ।
कोशी राजमार्गमा इटहरीबाट धरानतर्फ आइरहेको को ८ प ९३०२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राती ८ बजेर ४० मिनेटमा निधन भएको प्रहरीले जनाएको छ । मृतक महिलाको हालसम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । हाल मोटरसाइकलसहित धरान १७ का ३० बर्षीय चालक राम पौडेललाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।