धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डीन(शैक्षिक) पदमा प्रा.डा.शिवेन्द्र झा नियुक्ती भएका छन् ।
उनलाई प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आज (बुधबार)देखि लागु हुने गरि डिनमा डा.झालाई नियुक्त गरेका हुन् । डा.झा फरेन्सिक विभागका प्राध्यापक हुन् । उनलाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ । उनलाई शैक्षिक संकायतर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरु संचालनको लागि नियुक्ती गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डिनको कार्यकाल ३ बर्षको हुनेछ ।